एसिसी इमर्जिङ कप : नेपाललाई दियो युएईले १५८ रनको लक्ष्य

काठमाडाैं, २ साउन । एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएईको ‘ए’ टिमले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा आउट हुँदा नेपालले उक्त लक्ष पाएकाे हाे ।

युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । उनले १० ओभरमा ४० रन खर्चिए । यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए। उनले ९ ओभरमा ४४ रन खर्चिए। कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए।

नेपाल र युएई दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *