पूर्व कप्तान हरिहजुर एसियाडको प्रशिक्षणमा सहभागि नहुने
काठमाडाैं, ५ साउन । नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने भएका छन्।
स्वास्थ्य अवस्थाकाे कारण देखाउँदै पूर्व कप्तान हरिहजुरले एसियाडको प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएकाे हाे ।
पूर्व कप्तान हरिहजुरले भलिबल संघले आफूमाथि अनावश्यक कार्वाही गरेको भन्दै असन्तुष्टि जनाउने पनि गरेका छन्। उनले दर्शकसँग खेलाडी भिड्नुमा आफ्नो कुनै भुमिका नभएको पनि बताउँदै आएका छन् ।
नेपाल भलिबल संघले सार्वजनीक गरेको टिममा स्थान बनाएका हरिहजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने जानकारी भलिबल संघ समक्ष गरेका छन्।
संघले थापाको क्षमतामाथि प्रश्न उठाउँदै कप्तानको जिम्मेवारीबाट हटाएको थियो। उनको स्थानमा मानबहादुर श्रेष्ठलाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाईएको छ।
नेपाली टिममा मानबहादुर श्रेष्ठ, रबिन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, सफल बिके, मनिष मानन्धर, हेमन्त मल्ल, बिशाल बिक, हरिहजुर थापा, सम्राट भण्डारी र बिनोद चन्द रहेका छन् ।
