राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको पूर्ण बैठक सम्पन्न
काठमाडाैं, ७ साउन । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएकाे छ ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको चार महिने अभियान अन्तर्गत मिसन नेक्सट जेनेरेसन, टार्गेट न्यु जेनेरेसन भन्ने नाराका साथ काठमाडौं महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएकाे हाे ।
बैठक महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकरको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा महानगर उत्प्रेरक खेम राज शर्माको प्रमुख आतिथ्यतामा पुतलीसडकस्थित पार्टी कार्यालयमा बसेकाे हाे ।
बैठकमा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य साइबर सर्कल प्रमुख क. अजित लामा, काठमाडौ जिल्ला कमिटी अध्यक्ष क. सन्तोष अर्याल, प्रदेश कमिटी सदस्यहरु, जिल्ला पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु र महानगर कमिटी सदस्य हरुको उपस्थिति रहेकाे थियाे ।
बैठकमा महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकरले आउने २०८४काे निर्वाचनमा राष्ट्रिय युवा संघले वडा, नगर, प्रदेश र संघमा जनताको मन जित्ने गरी लागिपर्ने बताउनुभयाे । उहाँले एमालेको भारी बहुमत पुर्याउन युवा संघले साथ दिने बताउनुभयाे ।
बैठकले काठमाडाैं महानगरका ३२ वटै वडामा युवा संघ नेपालका वडा कमिटिहरू आउँदाे भदाै १५ गते सम्म पुन: गठन गरी ब्यापकरूपमा युवाहरूकाे सहभागिता गराइ राष्ट्रिय युवा संघ नेपालकाे नयाँ सदस्यता बितरण गर्ने पनि निर्णय गरेकाे उहाँले बताउनुभयाे ।