घरायसी विवादले श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
सप्तरी, ७ साउन । सप्तरीमा घरायसी वादविवादका कारण एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका–२ अकबरपुरका ३५ वर्षीय रामरुप खङले आफ्नी ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या गरेका हुन् ।
घरायसी वादविवादको कारण झगडा हुँदा कुटपिटबाट पार्वती गम्भीर घाइते भएकी खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले रामरुपलाई आइतबार पक्राउ गरेको छ ।
गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरुपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
