प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।
अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुग्नुभएकाे हाे ।
उहाँ संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेकाेबेला संसदको अवरोध हटाउने र संवैधानिक परिषद बैठकको विषयमा छलफलका लागि बालुवाटार पुग्नुभएकाे अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ ।
उहाँहरूबीच आइतबार पनि छलफल भएकाे थियाे । आइतबारकाे भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर परिषद् बैठक डाकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिनुभएकाे थियाेे ।