काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते

काठमाडौं, १५ साउन । काठमाडौंको महांकाल मन्दिरमा पानी बाेक्ने ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब सवा दुई बजेतिर त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर मन्दिरको भित्तामा ठोक्किएको हो ।

ठोक्किएर ट्यांकर चालक ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो ।

ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ । १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट मन्दिरको छेउकाे भित्तानै भत्किएकाे छ ।

काठमाडौंको बसुन्धरा कस्दै आएका ट्यांकर चालक ओखलढुंगाकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *