प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडाैं, १६ साउन । संवैधानिक परिषद्को बैठक आज मंगलबार सिंहदरबारमा बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने बस्नेछ ।

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने नियम रहेपनि सरकारले संविधानको उल्लंघन गरेको छ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा केहि दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएकाे थियाे ।

आज बस्ने बैठकमा वरीयताक्रम अनुसार विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *