महिला टी-२० विश्वकपको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं, १६ साउन । महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ।
नेपालले बन्द प्रशिक्षणका लागि २४ जना खेलाडी छनोट गरेको हाे । खेलाडीहरू रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ बन्द प्रशिक्षणका लागि छनोट हुनुभएकाे छ ।
यस्तै सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पान्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोदार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्ठी जैसी र स्नेहा महरा पनि टोलीमा सहभागी हुनुहुन्छ ।
