नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा क्रिकेटबाट संन्यासको घोषणा
काठमाडाैं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
१८ वर्षेदेखि क्रिकेटमा आफ्नाे स्थान जमाएका पूर्वकप्तान ज्ञानेन्द्रले आफ्नाे यात्रा लाई विश्राम दिएको बताएका छन् ।
१० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो।
उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए । उनी २०७६ को कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए।