संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं, २४ साउन । संघिय संसदका दुवै सदनको बैठक आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।

बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हाे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल भन्दा बढीकाे सुन प्रकरणमा छानविन समिति बनाउन माग गर्दै संसदिय बैठक अवरोध गर्दै आएको थियाे ।

गृहमन्त्रीद्वारा एक क्विन्टल भन्दा बढीकाे सुन प्रकरणमा संसदमै बाेल्ने भएपछि हिजाे नेकपा एमालेले गृहमन्त्रीकाे जवाफ सुन्न तयार भएका थिए । जवाफ सुन्दा सुन्दै हिजोकाे बैठक कार्यसूचिमै प्रवेश नगरी सकिएकाे थियाे ।

आज दुवै सदनमा यसअघि निर्धारण गरिएको कार्यसूचि नै राखिएको छ। यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने सचिवालयले जनाएकाे छ।