हिमपात र हिमपहिरोको जोखिमका कारण १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा निषेध

काठमाडौँ, १० कात्तिक । अध्यागमन विभागले हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै आगामी १२ देखि १४ कात्तिकसम्म जोखिमयुक्त उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमको पूर्वानुमान रहेकाले पदयात्री तथा विदेशी पर्यटकलाई सुरक्षित रहन र निषेधित क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ।

विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि अनुमति दिने कार्यसमेत बन्द गरेको जनाएको छ। यो व्यवस्था लागू भइसकेको विभागको सूचनामा उल्लेख छ।

यसअघि नै उक्त क्षेत्रमा पदयात्राका लागि गइसकेका पर्यटक तथा पदयात्रीलाई सुरक्षित स्थानमा रहन र मौसमको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *