महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

महोत्तरी, २४ साउन । महोत्तरीको सोनम गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

मरहा खोलाले मङ्गलबार साँझ ३८ वर्षीय जाबिर अन्सारीलाई बगाएर बेपत्ता पारेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा सोनम–१ का जाबिरलाई बाढीले बगाएको हाे ।

बगाएका जाबिरलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।