स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं, २६ साउन । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन पहिलाे पटक सेमिफाइनलना प्रवेश गरेको छ ।
शुक्रबार बिहान वेलिटंनमा सम्पन्न भएकाे पहिलो क्वाटरफाइनलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औं मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।
यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।
