फिफा महिला विश्वकपकाे सेमिफाइनल खेल भाेली र पर्सी हुने
काठमाडौं, २९ साउन । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपकाे सेमिफाइनल खेल भाेली र पर्सी हुनेछ ।
खेल तालिका अनुसार भाेली र पर्सीहुने खेलमा स्पेन विरूद्ध स्वीडेन र अस्ट्रेलिया विरूद्ध इङ्ल्याण्डबीच हुनेछ ।
स्पेनले नेदरल्याण्डलाई २-१ ले र स्वीडेनले जापानलाई २-१ ले पराजित गरेकाे थियाे । त्यस्तै अस्ट्रेलिया र फ्रान्सकाे खेलमा बराबरी भएपछि पेनाल्टी मार्फत अस्ट्रेलिया सेमिफाइनलमा पुगेकाे थियाे ।
त्यस्तै इङ्ल्याण्डले काेलम्वियालाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे ।
खेल तालिका अनुसार स्पेन विरूद्ध स्वीडेनकाे खेल स्थानीय समय अनुसार भाेली १३:४५ बजे हुनेछ भने अस्ट्रेलिया विरूद्ध इङ्ल्याण्डकाे खेल पर्सी १५:४५ बजे हुनेछ ।
