एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौं, २९ साउन । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

अगष्ट ३१ बाट सुरु हुने एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तान समूह एमा छ । एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ ।

१७ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।