खुल्यो जग्गाको कित्ताकाट, अब साढे दुई आनासम्म टुक्रा गर्न पाइने

काठमाडौं, ३० साउन । भूउपयोग नियमावली २०७९ संशोधन भएसँगै जग्गाको कित्ताकाट खुलेको छ।

मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ संशोधन गरेसँगै कित्ताकाट खुलेको हो।

भुउपयोग नियमावलीमा रहेको कडा प्रावधानका कारण जग्गाको कित्ताकाट रोकिँदा राजश्व संकलनमा असर परेपछि सरकारले नियमावलीलाई संशोधन गर्दै खुकुलो बनाएको हो।

अब आवासीय जग्गा न्युनतम ८० वर्गमिटर अर्थात् साढे दुई आनासम्म टुक्रा गर्न पाइने भएको छ ।नियमावलीले न्यूनतम १३० वर्गमिटरको प्रावधान राख्दा जग्गाको सबै कित्ताकाट रोकिएका थिए।

अब न्यूनतम ८० वर्गमिटरसम्म कित्ताकाट गर्न पाइने भएकाले अंशवण्डालाई पनि सजिलो भएको छ। खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने भएको छ। नियमावली संशोधनपछि वर्गीकरण नभएका स्थानमा पनि जग्गाको कित्ताकाट हुने भएका छन्।