अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा प्रवेश
एजेन्सी, ३१ साउन । महिला विश्वकप फुटबल प्रतियाेगितामा अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सिड्नीमा भएकाे खेलमा सह–आयोजक घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको हाे ।
पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सका कारण इङ्ल्याण्डले प्रभावशाली जित निकाल्यो ।

खेलमा इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट अग्रता लिए । दोस्रो हाफमा ६३ औं मिनेटमा घरेलु टोलीका लागि फरवार्ड साम केरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् । त्यसपछि अष्ट्रेलियाको कमजोर डिफेन्डसको फाइदा उठाउँदै इङल्याण्डले दुई गोल थप्यो ।
खेल सकिन चार मिनेट अघि एलिसिया रुसोले अर्को गोल थप्दै इङ्ल्याण्डलाई ३–१काे फराकिलाे फाइनल यात्रा तय गराईन् । इङ्ल्याण्डले महिला विश्वकपको उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
