मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणबाटै बाहिरियो
काठमाडौं, ३२ साउन । मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणबाटै बाहिरएको छ ।
बुधबार भारतमा भएको दोस्रो चरणको खेलमा मछिन्द्र मोहन बगानसँग ३-१ गोलअन्तरले पराजित भएको हो ।
मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउको गोल सान्तवना सावित भयो ।
मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
