महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो स्थानमा

काठमाडौं, २ भदौ । महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्वीडेनले तेस्रो स्थान जितेकाे छ ।

शनिबार भएकाे खेलमा स्वीडेनले २-० ले अष्ट्रेलियासंग विजयी भई तेस्रो स्थानका हात पारेकाे हाे ।

३० औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् ।

हारपछि आयोजक अष्ट्रेलियाले चौथो स्थानमा पुगेकाे छ । पहिलाे र दाेश्राे उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *