१–० गोलले इङ्ल्याण्डलाई हराउँदै स्पेनको पोल्टामा विश्वकप उपाधि
काठमाडौं, ३ भदौ । यो पटकको फिफा महिला विश्वकप फुटबल उपाधि स्पेनको पोल्टामा परेको छ । इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो । अष्ट्रेलिया स्टेडियममा भएको खेलमा स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरेकी थिइन ।
खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । सहआयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्डले फाइनलको स्थान पक्का बनाएको थियो ।
तर, स्पेनसँग कमजोर बन्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।
