लामिछानेको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

काठमाडौं, १० भदाै । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आज आइतबार हुँदैछ। लामिछानेको मुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा ५ नम्बरमा परेकाे छ ।

यसअघि गत साउन ३२मा उनको पछिल्लो पेशी न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेकाे थियाे । न्यायाधीश खतिवडाले आवश्यक कागजातका साथ आमाको मिति प्रमाणीकरण गर्न आदेश गरेका थिए।

यसअघि पनि पटक-पटक अन्तिम सुनुवाइ सुरु हुन नसक्दा लामिछानेको मुद्दाले किनारा पाउन सकेको थिएन।

सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौं जिल्ला अदालतले आवश्यक कागजातहरूका कारण मुद्दाको अन्तिम सुनुवाइ गर्न सकेकाे थिएन ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *