प्रतिनिधि सभाको बैठक बस्दै, आजकाे कार्यसूची यस्तो छ

काठमाडाैं, २९ भदाै । प्रतिनिधि सभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।

बैठक दिउँसो १ बजे बैठक बोलाइएको हाे । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने कार्यसूची रहेको छ।

गत सोमबार निधन हुनुभएका नेकपा एमाले संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट इलाम–२ खाली रहन गएको जानकारी गराइन लागेको हो।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङ्गले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *