शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए काठमाडौं महानगरले कारवाही गर्ने
काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाका शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए महानगरपालिकाले कारवाही गर्ने भएकाे छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरीका शिक्षकहरू आन्दोलनमा हाेमिएका कारण महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने जनाएकाे हाे ।
महानगरपालिकाले आन्दोलनकाे नाममा विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारवाही गर्ने पनि महानगरपालिकाले जनाएकाे छ ।