पूर्वी चीनमा आएकाे भीषण आँधीले लियाे पाँच जनाको ज्यान
एजेन्सी, ३ असाेज । पूर्वी चीनको जियाङ्सुमा आँधीले पाँच जनाको ज्यान लिएकाे छ भने चार जना गम्भीर घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् ।
अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा साँझ ५ बजेतिर आँधी आएकाे हो ।
स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन्भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ ।
अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ । आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा पनि क्षति भएको छ । आँधीबाछ चार सय पाँच जना विस्थापित भएका छन् ।