सुनकाे काेटा बढ्याे, अब दिनमा २० किलोसम्म ल्याउन पाइने
काठमाडौं, १० असाेज । नेपाल राष्ट्र बैंकले बिदेशबाट आयात गर्ने सुनकाे काेटा बढाएकाे छ ।
बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो।
अब दैनिकरूपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था गरेकाे थियो।
विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोबाट १० किलोमा झारेको थियो।
सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए।
