पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता, आइतबार रातिदेखि लागुहुने

काठमाडौं, १४ असाेज । पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता भएकाे छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागुहुने गरी पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता गरेकाे हाे ।

निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि पछि सर्वसाधारणकाे मूल्यवृद्धि फिर्ता गर्न जनदवाब बढेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक राखेर बढेको मुल्य फिर्ता लिइ पुरानो मूल्यसुची कायम गर्न निर्देशन दिनुभएकाे थियाे ।

निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको हो ।

निगमकाे शनिबार बसेकाे सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *