स्पेनको नाइट क्लबमा आगलागी, १३ जनाको मृत्यु १४ जना सम्पर्कविहीन

एजेन्सी, १५ असोज । स्पेनको दक्षिण पूर्वी मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ भने १४ जना सम्पर्कविहीन भएका छन् ।

ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब भवनमा आगो लागेको थियो ।

आगलागी भएकाे बेला नाइट क्लबमा मानिसहरूकाे भीडभाड बाक्लाे थियो । आगो वरपरका अरु क्लबहरूमा पनि फैलिएको थियो ।

नाइट क्लबमा भएकाे भिडका कारण अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।