दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं, १७ असोज । ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।
चिनबाट नेपालमा सुन ल्याउन उनकाे भूमिका रहेकाे पाइएकाेले उनलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले यस सम्वन्धी अनुसन्धानका गरिरहेेको जनाएकाे छ ।
