संस्कृति जोगाउन ताण्डव डान्सको कार्यक्रम

काठमाडौं, २८ असोज । सन् २०१८ मा स्थापित ताण्डव डान्स टे«निङ सेन्टरले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सामाजिक तथा सांस्कृतिक दुवै पक्ष समेट्दै युवाहरूको कलालाई साथ दिने उदेश्यले स्थापना भएको यस सेन्टर विविध कार्यक्रम गर्दै आएको छ । ‘विविध संस्कृतिहरु समेटेर एउटा नयाँ परिवर्तन ल्याउने काम ताण्डवले गर्दै आएको छ,’ आयोजक संस्थाको भनाईछ,’ ‘आउने दिनहरूमा अझै गर्दै जाने प्रयास गर्छौ ।’

नवदुर्गा भवानी मान्दै आएको नेपालीहरुको महान विजया दशमीको अवसर पारेर सो सेन्टरले डान्स र संगीतबाट कार्यक्रम प्रस्तुत गरेको थियो । ‘हाम्रो संस्कृति र परम्परालाई बचाउनपर्छ भनेर यस्तो कार्यक्रम गरेका हौँ,’ आयोजक संस्थाका प्रतिनिधिले भन्नुभयो, ‘आज हामी लगायत हाम्रो ताण्डवको टीममा निशा हमाल फ़ाउण्डर तथा डान्स कोरियोग्राफर संगित उत्पादक संदेश हमाल, ताण्डवका एडिटर ज्ञानेन्द्र हमाल र गायक सागर कटुवालले संयसक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।