यूएईले दोस्रो विकेट गुमायाे, मोहम्मद वसिम आउट
काठमाडौं, १७ कात्तिक । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले दोस्रो विकेट पनि गुमाएकाे छ ।
नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरे ।
पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको यूएईले ४ ओभरमा २ विकेट गुमाएर ३० रन जोडेको छ ।