भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा गरेर १२९ जनाको मृत्यु
काठमाडौं, १८ कात्तिक । जाजरकाेट भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हाे ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।
प्रहरीका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

