नेपालले ओमानविरूद्ध पहिले ब्याटिङ गर्ने

काठमाडाैं, १९ कात्तिक । आईसीसी टी-२० विश्वकप एसीयाली छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

घरेलु समर्थहरूको साथमा रहेको नेपालले आजको खेलमा ओमानविरूद्ध समूह चरणमा भएको हारको बदला लिने अवसर पनि रहेको छ ।

नेपाल र ओमान टी-२० क्रिकेटमा अहिलेसम्म पाँचपटक आमनेसामने भएका छन्। त्यसमा तीन खेल नेपाल र २ खेल ओमानले जितेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *