उपत्यका मेयर्स फाेरमकाे विज्ञप्ति: काठमाडौंका मेयरकाे अशाेभनीय हर्कत खेदपूर्ण

काठमाडाैं, १९ कात्तिक । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले मंगलबार बुढानिलकण्ठ नगरपालिकाकाे ब्यवस्थापनमा भएकाे पाँचाैं बैठकमा अशाेभनीय हर्कत देखाएसंगै समाजिक सञ्जालमा मेयर बालेन्द्रले स्टाटस लेखेपछि उपत्यका मेयर्स फाेरमले एक विज्ञप्ति निकालेकाे छ ।

मेयर बालेनले बेला बेला देखाउने यस्ता हर्कतले जनप्रतिनिधीहरू आजित भैसकेका छन् । जुन हर्कत मंगलबारकाे बैठकमा पनि देखियाे । लगतै मेयर बालेँद्रले सामाजिक सञ्जालमा बैठक बारे स्टाटस लेखेपछि उपत्यका मेयर्स फोरमले विज्ञप्ति निकालेकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ, काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवम् एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहज्यूले २०८० कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनिय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरि देखाउन समेत चुनौती दिइन्छ ।

मेयर बालेन्द्रले लेखेकाे स्टाटस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *