डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा

काठमाडाैं, २२ कात्तिक । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ग्राहक आन सिहंं बोहोराले नगद रु एक लाख जित्नुभएको छ ।

कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत २५१८८९१५६९ आईडीका बोहोराले नगद रु एक लाख जित्नुभएको हो ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।