वामपन्थी एकताको कुरा नगर्न अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गर्नुभएकाे छ ।

बुधबार एमाले पार्टी मुख्यालय च्यासलमा आयाेजित केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उहाँले ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे , ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’

वामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा नमिल्ने उहाँले बताउनुभयाे ।