ओलीको भिडियो सन्देशः जनतामा बढेको अन्योल र निरासा हटाउन एमालेको समृद्धि यात्रा

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज एक भिडियो सन्देश आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्दै जनतामा अन्योल र निरासा बढ्दै गइरहेको उल्लेख गर्नुभएको छ ।

‘युवाहरु पलायन भैरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन, देश समस्याग्रस्त हुँदै गएको छ,’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘यसको कारण के–हो र यसको समाधान कसरी निस्किन्छ ? यसका बारेमा प्रत्यक्षरुपमा संवाद गर्न हामी यहि मंसिर १४ गते विहान महाकाली किनार झुलाघाटबाट चिवा भञ्ज्याङ पूर्वको सिमानासम्मको यात्रा गरिरहेका छौँ । मैले विश्वास लिएको छु । यो यात्रा समृद्धि यात्रा सार्थक र सफल रहने छ ।’ उहाँले उक्त यात्रालाई सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाराका साथ अघि बढाएको उल्लेख गर्नुभएको छ ।