तनहुँको घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना, ३६ जना घाइते, केहीकाे अवस्था गम्भिर

तनहुँ, १३ मंसिर । तनहुँको व्यास नगरपालिका- १२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवामा अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयाे ।

घाइतेमध्ये केहीकाे अवस्था गम्भिर रहेकाले पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।