त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्याग भित्र आगो लाग्याे

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

विमानस्थलकाे प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको हाे । यात्रु बोर्डिङ पास लिएर विमानमा चढ्न प्रतिक्षारत् थिए ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिनुभयाे ।

प्रवक्ता साहका अनुसार यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । यात्रुकाे ब्यागमा आगो लागेको देखेपछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

यात्रुले पिठ्युँमा बाेकेकाे झोला भित्र पावरब्यांक रहेकाे र साे पावरब्यांक पड्किएर झोलामा आगो लागेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार यात्रु सकुशल रहेका छन् भने भौतिक क्षति केही पनि भएको छैन ।