दसैँपछि सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो
काठमाडौँ, ८ कात्तिक । दसैँ बिदापछि स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि गत कात्तिक २ गते सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदी चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
दसैँ पर्वका कारण करिब एक सातासम्म स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन। त्यसपछि मूल्य निर्धारण हुँदा दुवै धातुको भाउ घटेको हो।
