नेप्से निरन्तर घट्नेक्रम जारी, मंगलबार पनि १०.१० अंककाे गिरावट
काठमाडाैं, १९ मंसिर । नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको छ । गत साताको सोमबारदेखि घट्न थालेको बजारले आज पनि निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २९२ स्टकको ३८ हजार ५८४ पटकको कारोबारमा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार एक स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन सिभिल बैंकको ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक साढे ९ प्रतिशत घटेको छ। त्यस्तै, माउन्टेन इनर्जी, उन्नती सहकार्य लघुवित्त र एनआरएन लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ।