गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

काठमाडाैं, २० मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएकाे छ ।

गृहमन्त्री श्रेष्ठकाे छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभएकाे गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

मन्त्रालयले हाल उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको बताइएको छ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म उहाँ चीन भ्रमणमा रहनुभएकाे बेला मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फेक्सन) भएको थियो।