गृहमन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज
काठमाडौं, २४ मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
सहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ ।
यही मंसिर १९ गते केन्द्रमा भर्ना हुनुभएकाे उहाँको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गर्नुभएकाे थियो ।