राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न
काठमाडौं, १ पुस । राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् ।
शुक्रवार चुनावमा भाग लिन १२ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दर्ता भएका सबै दललाई आयोगले चुनाव चिह्न वितरण गर्ने भएकाे हाे ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।