यूएईकाे सारजाहबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला
काठमाडौं, ४ पुस । यूएईकाे सारजाह विमानस्थलबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा आज बिहान ९ बजे शिशु मृत फेला परेकाे हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताउनुभयाे । उहाँका अनुसार घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ ।
विमानस्थल सुरक्षा स्रोतकाअनुसार शिशु र ती महिला दुवैलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याएको छ । प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ ।