टेरामक्स प्रणाली खरिदमा अनियमितता, अनुसन्धान गर्न लेखा समितिले दियाे अख्तियारलाई निर्देशन
काठमाडौं, ११ पुस । टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको ठहर गर्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
समितिले बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका प्रतिनिधिहरुसँगको छलफल पछि यस्तो निर्देशन दिएको हो ।
अख्तियारलाई अनुसन्धानका लागि दिएको समितिले यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा जानकारी गराउन समेत भनेको छ ।
हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको छ ।
समितिले टेरामक्स खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ ।