बालकुमारीमा भएकाे आन्दाेलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौ, १३ पुस । ललितपुरको बालकुमारीमा भएकाे आन्दाेलनमा एक प्रदर्शनकारीको मृत्यु भएकाे छ ।

आन्दोलनका क्रममा उक्त युवाकाे  मृत्यु भएकाे हाे । किस्ट अस्पतालका अनुसार मध्यान्न १२ः४० बजे उक्त युवालाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

मेडिकल टिमले तत्काल सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएको अस्पतालले जनाएकाे छ । अस्पतालले दिउसो १ः१७ मा उनलाई मृत घोषणा गरेको हो ।

किस्ट अस्पतालका अनुसार उनी जुम्लाका २३ वर्षिय सुजन राउत हुन् । यसअघि प्रहरीको गोली लागेर उनकाे मृत्यु भएको भनिएको थियो ।

 

राउतको मृत्यु प्रहरीको गोली लागेर नभएको पुष्टि भएकाले क्षमाप्रार्थीसहित सच्याएका छाैं – संं.