रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु

काठमाडौं, १७ पुस । रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको पुष्टि भएकाे छ।

युक्रेनसँगको लडाईंका क्रममा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *