एसईई परीक्षा चैत पहिलो हप्तादेखि, यस वर्षदेखि ग्रेडिङ प्रणाली लागू नहुने
काठमाडौं, २५ पुस । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि शुरु हुने भएको छ ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा चैत पहिलो साता शुरु हुने बताउनुभएकाे हाे ।
उहाँले संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुने हो वा होइन भन्ने अन्योलमा नपर्न परिक्षार्थीहरूमा आग्रह समेत गर्नुभएकाे छ ।
यसवर्षदेखि एसईईमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको छ । यसअघि ‘ग्रेडिङ प्रणाली’ थियो । अब भने त्यो लागू नहुने भएको छ ।