आलमको मुद्दामा आज अन्तिम फैसला आउने सम्भावना

काठमाडाैं, २९ पुस । इँटाभट्टीमा हालेर जिउँदै मान्छेलाई जलाएको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आज आइतबार पेशी तोकिएको छ।

जिल्ला अदालत रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आज पेशी हुने भएकाे हाे । दुबैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ।

यसअघि उक्त मुद्दामा बहस नोट समयमा पेश नभएकोले पेशी चढ्नमा ढिलाइ हुँदै आएको थियो।जिल्ला अदालतमा आलमविरुद्ध विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *