‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौँ, ७ माघ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ ।

धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा उपचार गराउन समस्या भएर अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताउनुभयो ।

क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *